राजतन्त्रको तलतलमा लठ्ठिएका नयाँ पुस्ताले यो बुझ्नुपर्छ– राजतन्त्र आफैंमा नयाँ युगको कार्यभार सुहाउने शासन व्यवस्था होइन । यसले अबको चेतनालाई सम्बोधन गर्न सक्दैन ।
राजतन्त्रको तलतल- २.० https://t.co/PUsoKf4GDU
Show more
राजतन्त्रको खान्की र सामन्ती ठाँटसँगै हुर्किएका केही सीमित व्यक्ति र समूहलाई मात्रै त्यो ‘पञ्चायतकालीन स्वर्ग’ले चिन्नेछ । बाँकी आम जनताको पङ्क्तिलाई राजतन्त्रात्मक वंश परम्परा र एकल वर्चस्ववादी निरंकुशतन्त्रले चिन्ने छैन ।
#
onlinekhabar#
https://t.co/M322KBCOuc
Show more
चाहिएको 'नेतृत्व' हो, मान्छेहरू जहिल्यै 'नायक' खोजिरहन्छन्! कुनै अमूक व्यक्तिको समर्थन/विरोधले विधि/पद्धति स्थापित हुँदैन। जबसम्म विधि र थिति संस्थागत हुँदैन, समाज यसैगरी रूमल्लिन पुग्छ!
Show more
सामन्तवादले अङ्गाल्ने 'भाग्यवाद' को ऐतिहासिक पृष्ठभूमिमा जकडिएको यो मुलुक वर्तमानमा चैं क्रोनी क्यापिटलिजम् (आसेपासे पूँजीवाद) हुँदै क्लेप्टोक्रेसी (राज्यको सम्पत्तिमाथि राईंदाईं गर्ने) र क्याकिस्टोक्रेसी (न्यून क्षमतावालाले शासन गर्ने) परिपाटीको चङ्गुलमा छ भन्दा गलत हुन्छ र?!
Show more
जब समाजमा असमानताको खाडल बढ्दै जान्छ, सामान्य र न्यून पृष्ठभूमिबाट उदाउँदै गरेका अनेकन प्रतिभाहरूको ज्ञान/क्षमता/योग्यता खेर गइरहेको हुन्छ!
Show more
लेखक सोमत घिमिरेको हालसालै प्रकाशित पुस्तक 'सामुदायिक समाजवाद' माथि मेरो समीक्षात्मक टिप्पणी!
समाजवादको नेपाली मोडेल खोज्ने एउटा किताब https://t.co/MaJ8RSUBJE
Show more
आज बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा बिबिए अध्ययरत विद्यार्थीहरूमाझ 'नेपालको समकालीन विकासको अवस्था' बारे प्रवचनात्मक अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाइयो! लामै समयपछिको युवा विद्यार्थीहरूबिचको अन्तरक्रिया रोचक र उत्साहप्रद रह्यो! https://t.co/gYyp24DTjA
Show more
ढुक्क हुनुस्- 'एजेन्डा' हैन, 'फन्डा'को पछिपछि कुद्ने जमात प्रभावी हुँदासम्म समाजले परिवर्तनको लय समाउन सक्दैन, मुलुकको मुहार फेरिँदैन!
Show more
वर्तमानको जटिलता बुझ्न र फुकाउन इतिहासको अध्ययन जरूरी हुन्छ। किनकि इतिहासको अध्ययनले(अझ नलेखिएको इतिहासको उत्खननले) स्थापित मान्यता र स्वीकारोक्तिप्रति तथ्य र तर्कसहित प्रश्न गर्न सिकाउँछ! प्रश्नले उत्तरको खोजीका लागि मार्ग प्रशस्त गर्दछ। र, समाधान सुझाउँछ।
Show more
लुम्बिनी प्रदेशको क्रिकेट टीमको नाम 'लुम्बिनी लायन्स्' को सट्टा 'लुम्बिनी टाइगर्स' राखेको भए उपयुक्त हुनेथियो। किनकि 'टाइगर्स' ले लुम्बिनी प्रदेशको बाँके र बर्दियामा संरक्षित बाघको चिनारी पनि अभिव्यक्त हुन्थ्यो! के गर्नु, नामाकरणमा स्थानीकता खोज्ने चलनै हरायो!
Show more
भाग्यवादमा शक्ति नै बिम्ब बन्छ र जोकोही आफूलाई `बाघ´कै बिम्बमा उतार्दछ। तर म चैं बाघ या सिंहको बिम्बमा विश्वास गर्दिन र यसको प्रयोग हिंस्रक ठान्छु। यति चैं मान्नुस् कि आफूलाई बाघ हुँ भन्दै हुँकार गर्नेहरू चैं `अधिनायकवादी´ नै हुन्छन्, लोकतान्त्रिक हैन!
Show more
‘क्लिन चिट’ भर्सेस ‘इम्बेजलमेन्ट’
https://t.co/KDnkwdm7kr
तीनखम्बे अर्थनीतिको सन्दर्भमा छानबिन समितिको टिप्पणी उद्धृत गर्दा निजी क्षेत्रको खम्बा ‘फलाम’ को, सार्वजनिक क्षेत्रको खम्बा ‘काठ’ को र सहकारीको खम्बा चैं ‘बाँस’को साबित हुन पुगेको छ ।
https://t.co/H4SucfIPWj
Show more
राजनीतिक आस्थाका आधारमा विरोध मात्र हैन, प्रतिरोध पनि गर्न पाइन्छ। तर, यी सब गतिविधि मुलुकको सरहदभित्र हुन्छ। तर विदेशमा आफ्नो देशको प्रधानमन्त्री पुग्दा के के न गरे झैं विरोध प्रदर्शनको नौटंकी शोभनीय हुँदैन भन्ने सामान्य हेक्का पनि रहेन! आखिर हामी नेपाली थेत्थरै भयौं है!
Show more
हेर्दा उति आकर्षक नदेखिने चिल्लो र सर्लक्क नपरेका यस्तै आङ्कुडे-बाङ्कुडे आकारका भए पनि यी नेपालमै उत्पादित मौसमी फल स्वादिष्ट छन्! कम्तीमा नेपालमै फल्ने यस्ता मौसमी फलफूल सेवन गर्ने बानी गरौं र यस्ता फलफूलजन्य वस्तुको आयातलाई निरूत्साहित गरौं ! https://t.co/TMg7zcIL70
Show more
डिजिटल कारोबारमा भ्याट लगाउने तरिका गलत थियो, त्यसैले विरोध गरियो। ठिकै छ, सरकारले पुनरावलोकन गर्न लागेछ। म त भन्छु डिजिटल भुक्तानी शूल्क पनि अधिक भयो, त्यो पनि घटाउनुपर्यो सरकार! शूल्क रू १ देखि अधिकतम् ५ सम्म मात्रै हुनुपर्यो!
https://t.co/fU52aOwF7R
Show more
'वैकल्पिक अर्थतन्त्र' को खोजी!😊
बधाई एवम् सफलताको शुभकामना
@Harirokaa ! https://t.co/nMpLIKUJxH